लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका– ६ साल्मे गाउँका कटरास गुरुङ युवा उमेरको जस्तो जोशजाँगर छ । छ दशक उमेर टेक्न लागेका उनी युवा जोशका साथ कुखुरापालनमा रमाउँदै छन् ।
उनले सञ्चालन गरेको फारममा यतिबेला ठूला– साना गरी दुई सय स्थानीय जातका कुखुरा रहेका छन् । उनले भने ‘बुढेसकालले छोयो, अब खेतबारीको काम गर्न सकिएला जस्तो लाग्न छाड्यो । त्यसैले पनि कुखुरा पाल्न शुरु गरेको हुँ ।’ उनका अनुसार कुखुराको हेरचाह गरेर बस्छु यो कामले हराउँदै जान थालेका स्थानीय जातका कुखुराको पनि संरक्षण हुने भएको हुँदा यो काममा लागेको छु । उनी भन्छन् आम्दानी ठीकै रहेको बताउँदै अब सकुञ्जेल यिनै कुखुरा पालेर बस्ने विचार गरेको छु ।
उनले भने, ‘पहिले घरमै रहेका ८ वटा पोथी कुखुराबाट यो व्यवसाय शुरु गरेर २ वर्षको अवधिमा घरमै फारम बनाएको हुँ ।’ तिनै आठवटा पोथीले अण्डा उत्पादन गर्न थालेपछि कुखुराको संख्या बढेको उनले बताए । उनले भने, ‘आफूले कुखुरापालन व्यवसाय सञ्चालन गर्न दूधपोखरी गाउँपालिकाबाट एक लाख रुपैयाँ अनुदान दियो, त्यो सहयोगले उत्साह थपियो, पैसाले ट्रस बनाए ।’ उनका अनुसार बजारको कुनै समस्या छैन । छिमेकी गाउँमा लोकल कुखुरा बिक्री हुने गरेको छ । जिउँदो कुखुराको प्रति किलो सात सय रुपैयाँमा घरबाटै बिक्री हुने गरेको उनले जानकारी दिए ।
गाउँमा लोकल जातको कुखुरा हराउँदै जान थालेपछि त्यसको संरक्षण र उचित व्यवसायका लागि लोकल कुखुरापालन गरेको उनले बताए । उमेर ६० वर्ष पुग्न लागिसक्दा पनि खेतीपातिदेखि कुखुरापालन सम्मका कार्यमा रम्दै छन् उनी । उनले भने ‘काम गर्ने बल विस्तारै घट्दै लागेको हुँदा खेतीपातिको कामलाई भन्दा स्थानीय जातको कुखुरापालनमा धेरै समय विताउन थालेको छु ।’
कटरासले थालेको कुखुरा व्यवसायलाई छोरा दिनेश गुरुङले पनि सघाउँदै आएका छन् । कुखुरालाई दानापानी दिने तथा दिउँसोको समयमा २,३ घण्टा चराउन काममा सहयोग गर्ने गरेको दिनेशले बताए । उनले भने, ‘स्थानीय जातका कुखुरा पाउन मुस्किल पर्न थालेको समयमा बुवाले यो काम गरेर राम्रो गरेको अनुभव भएको छ ।’ कटरासले भने– ‘अव खोरलाई थप व्यवस्थित बनाउँछु । कुखुरा पनि बढाउँदै लैजाने विचार गरेको छु । कतैबाट सहयोग पाएमा व्यवसायलाई विस्तार गर्ने योजनामा छु ।’
Related News
सम्बन्धित समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१