पोखरा, २५ पुस । गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकको निर्णय आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न आठ वटा निर्णय गरेको बताए । बैठकले प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिवमा ग्रिष्म न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कर्मचारीको पदस्थापन तथा सरुवा सम्बन्धीमापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होमस्टे (घरवास) सञ्चालन र व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिनेलगायतका निर्णय गरेको उनले जानकारी दिए । गण्डकी प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धी विधेयक स्वीकृत गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको बस्नेतले जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१