काठमाडौँ, २२ पुस । आमसञ्चार विधामा जात र समुदायबाट प्रतिनिधित्व गरेका आधारमा विभेद गर्न नहुनेमा दलित समुदायका सञ्चारकर्मीले आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालद्वारा सोमबार यहाँ आयोजित साक्षात्कारका सहभागीले जात र समुदाय भन्दा समाचारको विषय महत्वपूर्ण हुनेमा जोड दिए ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितामा समावेशीताको मुद्दासँगै प्रतिस्पर्धात्मक क्षमता जरुरी हुने बताए । उनले लेखन क्षमतामा आधारित पत्रकारिता पेशा भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै दलित समुदायका पत्रकारको क्षमता विकासमा सहकार्य गर्न काउन्सिल तयार रहेको जानकारी दिए ।
सङ्घका अध्यक्ष पवित्रा सुनारले व्यावसायिक पत्रकारिताको विकाससँगै सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकासमा जोड दिएको बताए । काउन्सिलका सञ्चालक समिति सदस्य ईश्वरीप्रसाद ओझा, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसालले दलित पत्रकारको क्षमता विकासमा काउन्सिलको सहयोग रहने बताए ।
सङ्घका उपाध्यक्ष टीकाराम सुनार, महासचिव केशव भूल, सचिव विश्वास खड्काथोकी, कोषाध्यक्ष विष्णु विश्वकर्मा, सदस्य रमेश टमटा, मिलन विश्वकर्मा, विष्णु रैगाई (परियार) लगायतले सञ्चार विधामा दलित समुदायका पत्रकारको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१