नवीन सहकारीको १३ औं वार्षिक साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
nabin _Fotor

पोखरास्थित नवीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछानेले शेयर सदस्यले सहकारीमार्फत् नै कारोार गर्नुपर्ने औंल्याए।

संस्थाका सल्लाहकार गेहेन्द्रेश्वर कोइरालाले संस्थालाई अगाडि बढाउन सबै सदस्यको सक्रियता आवश्यक भएको बताए।

कार्यक्रममा श्रीपति बचत तथा ऋण सहकारीका अध्यक्ष रामजीप्रसाद कोइराला, कोपिला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ठाकुरप्रसाद पोखरेल, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नरहरि अधिकारी, पोखरा उद्योग वाणिज्य संघका रामप्रसाद अधिकारी लगायतले बोलेका थिए।

सहकारीका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणप्रसाद कोइरालाले स्वागत र सचिव कालिचरण पराजुलीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै