नेपाल एग्रो लघुवित्तको चौंथो साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
Nepal Agro_Fotor

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो। सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ। यसैगरी रु.३ लाख ९ हजार २ सय ४५ नगद लाभांश (बोनश शेयरको कर प्रयोजनका लागि) प्रदान गर्न स्वीकृत गरेको अध्यक्ष रमेश कुमार कर्माचार्यले जानकारी दिए।

सभाबाट नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था विच मर्जरको प्रकृया शुरु भएको र राष्ट्र बैंकबाट दुवै लघुवित्त संस्थाहरुलाई गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि सैद्धान्तिक सहमति समेत प्राप्त भएको जानकारी सभालाई प्रमुख कार्यकारी अधिकृत लम्सालले गराए।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको नियमावली बमोजिम सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरु नवराज घिमिरे र गंगा प्रसाद तामाङ निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्र राज घिमिरेले बताए।

नवनिर्वाचित सञ्चालकहरु नवराज घिमिरे र गंगा प्रसाद तामाङले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यबाट सञ्चालकको सपथ ग्रहण गरेका थिए। कार्यक्रमको सञ्चालन कार्यसञ्चालन÷कर्जा विभाग प्रमुख नयन देवकोटाबाट गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width