लुम्बिनी बैंकको नयाँ मुद्दती योजना

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
lumbini bank_Fotor

निरन्तर सहयात्रा भन्ने मूल नाराका साथ बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ “लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ।

सबै तहका ग्राहक महानुभावहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहक महानुभावहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्ने बैंकले जनाएको छ।

उल्लेखित मुद्दती निक्षेप बचत खातामा ग्राहक महानुभानवहरूले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि रू. १० लाखसम्मको बीमा सुबिधा तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने प्राप्त समाचारमा उल्लेख छ। लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क एबिबिएस सुबिधा, खाता विवरण, चेक बुक, मोबाईल बंैकिङ्ग, भिजा डेबिट कार्ड र लकर सुबिधामा ५० प्रतिशत छुट प्राप्त गनेर्छन्।

लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप ०.५० प्रतिशत ब्याज सुविधा प्रदान गर्न सकिने छ। लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाईदा पुग्ने बैंकले विश्वास लिएको छ।

बैंकको २०७६ मंसीर मसान्तसम्म चुक्ता पुँजी रु २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५ सय ५१ कर्जा लगानी रु २३, ९४७, ८०७, ३१५.०४ साथै बैंकको निक्षेप संकलन रु २७, ०८६, ३६२, ७९७.७१ रहेको छ। बैंकले आ. व. २०७५÷०७६ मा रु ५८९, ७०१, २१५.०० खुद मुनाफा आर्जन गरी आगामी २०७६ पौष २९ गते हुने साधारण सभामा शेयर होल्डरहरुलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। यस विकास बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width