गलकोट, १३ पुस । नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धवलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् । विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको पाइए पनि मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता सङ्कटमा परेको उनीहरुको भनाइ थियो ।
निकै पुरानो सभ्यताको रूपमा रहेको गण्डकी सभ्यता लोप हुने खतरामा पुगेपछि अहिले सर्वत्र चासो र चिन्ताका बीच गण्डकी सभ्यता बचाउन प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको छ । गण्डकी सभ्यतामा नदी किनारका पर्यटकीयस्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक सांस्कृतिक परम्परा, तीर्थस्थल, यहाँको जीवन पद्धति मूल्य मान्यतालाई उल्लेख गरिएको छ । साथै सभ्यताभित्र धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य विषय पनि समावेश छन् ।
धवलागिरि समाज नेपालले बागलुङ उद्योग वाणिज्य सङ्घ, धवलागिरि पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा शनिबार बागलुङ महोत्सवका अवसरमा आयोजना गरेको गण्डकी सभ्यता बचाऊ अभियान तथा धवलागिरिका पर्यटकीय पहिचान विषयक अन्तक्र्रियामा कार्यक्रमका सहभागीले गण्डकी सभ्यता जोगाउन सबैले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्यले कालीगण्डकी नदीको दोहन, शालिग्राम शिलाको चोरी निकासी तथा नक्कली शालिग्रामको कारोवारले धार्मिक सङ्कट पैदा गर्न थालेको बताए । “हामीले गण्डकी सभ्यता बचाउनका लागि विगतदेखि ठूलो प्रयत्न गरेका छौँ”, प्रपन्नचार्यले भने ।
“कालीगण्डकी नदीको अतिक्रमण, निर्माण भएका संरचना तथा शहरको ढलसमेत सिधै जाने अवस्थाले कालीगण्डकी पहिलेको वाग्मतीजस्तो बन्ने खतरा छ । यसमा हामी सबै समयमै सचेत भएर अभियानमा सरिक हुन आवश्यक छ ।” उहाँले शालिग्राम लोप हुन थालेपछि सङ्ग्रहालयमा राखिएको समेत बताए ।
यही चासो र चिन्ताका बीच गण्डकी सभ्यता महाअभियान गत वर्षदेखि शुरु भएको छ । पवित्र कालीगण्डकी नदी तथा अन्य नदीमा मिसिन आउने खोला नदीको पनि सरसफाइमा सबैले ध्यान दिनुपर्ने आवश्यकता सहभागीले औँल्याएका थिए । जतिसक्दो छिटो गण्डकी सभ्यता बचाउन धवलागिरिसहित मुलुकभर अभियान नचलाउने हो भने त्यसले गण्डकीसँग जोडिएका सबै सभ्यता नास हुने अवस्था आउने उनीहरुले बताएका थिए ।
कार्यक्रममा गण्डकी सभ्यता बचाऊ महाअभियानका सहसंयोजक केदरनाथ गौतम र गण्डकी सभ्यता एवं धवलागिरि पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन अभियानकर्मी खिमानन्द कँडेलले धवलागिरिको पर्यटकीय सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१