गरिमाको शाखा जोरपाटीमा

आदर्श समाज सम्वाददाता
पौष १२, २०७६
Garima bank_Fotor

गरिमा विकास बैंक लिमिटेडले गोकणेर्श्वर नगरपालिका ५, जोरपाटीमा शाखा कार्यालय शुभारम्भ गरेको छ।

शाखा कार्यालय गोकणेर्श्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शुभारम्भ गरेका हुन्।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ सुविधासहित सञ्चालनमा आएको जोरपाटी शाखाले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा र ५१ एटीएम सञ्चालनमा ल्याएको छ। गरिमा रेमिटका करीब १० हजार एजेण्टमार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले २०७६ कात्तिक २५ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करीब ३२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ। कार्यक्रम बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width