हिसान कास्कीको स्पोर्टस् मिट शुरु

आदर्श समाज सम्वाददाता
पौष १०, २०७६
Hissan Kaski Sports Meet

पोखरा । पोखरामा बुधबारदेखि हिसान कास्कीको स्पोर्टस् मिट शुरु भएको छ ।

स्पोर्टस मिटमा छात्रा भलिबल, छात्रछात्रा टेबुल टेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको छ । बुधबार, छात्रा भलिबलतर्फ ११ वटा खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा टप्स मावि, सृजना मावि, कास्की मोडर्नाइज्ड, केफ, पोखरा उच्चमावि, लिटिल स्टेप, मदरल्याण्ड, न्यू ग्यालेक्सीले आ–आफ्नो खेल जितेका छन् ।

छात्रातर्फको भलिबल सेमीफाइनल खेल शुक्रबार हुनेछ । त्यस्तै छात्रतर्फको फाइनल खेल बिहिबार शुरु हुनेछन् ।

स्पोर्टस् मिट अन्तर्गत बास्केटबलतर्फ पोखरा रंगशालामा सम्पन्न खेलमा न्यू ग्यालेक्सी, जेसीए, केफ, सोसल पब्लिक, मदरल्याण्ड, प्रतिभा बिजयी बनेका छन् । अमरसिंंह स्कूलको कोर्टमा सम्पन्न खेलमा पोखरा सेकेण्डरी, लिटिल स्टेप, बालकल्याण, ग्लोबल, नेपाल आदर्श र कास्की मोडर्नाइज्ड बिजयी बनेका छन् ।

२०६४ सालदेखि हरेक वर्ष कास्कीमा संचालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा मावि तह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबलमा मावि तह छात्रतर्फ ३३ टिम, छात्रातर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता रहेको छ ।

त्यसैगरि छात्रतर्फको टेबलटेनिसमा मावि छात्र सिंगल्समा ७२, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको प्रतिस्पर्धा रहेकोे छ ।

हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । पुसको १२ गतेसम्म संचालन हुने स्पोर्टस् मिट सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने हिसानले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width