रत्यौली र मारुनीमा नाचमा झुमे दर्शक

रासस
पौष ८, २०७६
Lekhnath-Mahotsav-news-coverage-by-Ganthan

पोखरा–२७ डाँडाको नाकमा जारी लेखनाथ महोत्सवमा सोमबार रत्यौली र मारुनी नृत्यमा दर्शकहरु झुमेका छन् ।

विभिन्न विद्यालयका तर्फबाट विद्यार्थीका प्रस्तुतिका साथै विभिन्न आमा समूहले प्राचीन मौलिकतामा आधारित नृत्य लेखनाथ उद्योग वाणिज्य सङ्घको महोत्सवमा प्रस्तुत गरेका थिए ।

विद्यालयस्तरीय नृत्यअन्तर्गत लिटल फ्लावर एजुकेशनल एकेडेमी पोखरा–२७ रिट्ठेपानीद्वारा प्रस्तुत परम्परागत ‘पैसा झारे मारुनी’ अन्तर्गतको वारि तुवाँलो, पारि तुवाँलो बोलको गीतको नृत्यले महोत्सवस्थलको माहौल तताएको थियो । महोत्सवमा अमरज्योति गाउँफर्क मावि र लक्ष्मी माविका तर्फबाट पनि सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

त्यस्तै स्याङ्जाली तमु समाजको सांस्कृतिक नृत्य तथा नमूना आमा समूह पोखरा–२५ र खराने ताजा तरकारी कृषक समूह पोखरा–२६ को रत्यौली नृत्यले दर्शकका आकर्षित गरेको थियो । लोकदोहोरीतर्फ प्रजापति पराजुली, कृष्ण रेउले, चोलेन्द्र पौडेल, प्रदीप त्रिपाठी, सीता केसी, मञ्जु विक, काजल गुरुङ, माया गिरीलगायतका कलाकारको प्रस्तुति थियो भने हाँस्यतर्फ चक्लेटी र दारी बाको प्रस्तुति थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width