ज्ञानुबाबामा राष्ट्रिय महिला भलिबलकी कप्तानलाई सम्मान

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
ganubaba sacool

पोखरा,७ पुस । ज्ञानुबाबा आवसीय मावि पोखरा–२,मिरुवाले राष्ट्रिय महिला भलिबल समूहकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

ज्ञानुबाबा आवासीय मावि बाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालय र राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला समूहकी कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउन उल्लेखनीय भूमिका खेलेकी हुन् ।

साथै शाहीले आफ्नै कप्तानीमा दक्षिण एसियाली खेलकुद (साग) २०१९ का खेलमा समेत उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललार्इं रजत पदक जिताउन सफल भएकी थिइन् । उक्त कार्यक्रममा बोल्दै कप्तान अरुणा शाहीले आफु यो स्थानमा आइपुग्न विद्यालयले महत्वपुर्ण भूमिका खेलेको भन्दै विद्यार्थीलाई लगनशीलता, मेहनेत र कडा परिश्रमले नै आफ्नो लक्ष्य प्राप्त गर्न सकिने कुरा बतइन् ।

कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङ्गले भावी खेल जीवनको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयबाट खेल जीवन प्रारम्भ गरी देशलाई समेत चिनाउन सफल रहेको भन्दै शाहीलाई शुभकामना दिइन् ।

उक्त कार्यक्रममा मिस युके नेपालकी संस्थापक निर्देशक शान्ति गुरुङ्गले समेत आफ्नो भनाई राखेकी थिइन् । अरुणा शाहीलाई सम्मान गर्दै विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ्गले अरुणा अनुशासित र लगनशील भएकै कारणले यो सफलता प्राप्त गरेको बताए । महिला भलिबल खेलमा छुट्टै इतिहास कायम राख्न सफल ज्ञानुबाबाले १०औँ सागमा समेत नेपाललाई तेस्रो स्थान दिलाउन महत्वपुर्ण योगदान पु¥याउने खेलाडीहरु एकिना गुरुङ्ग, राष्ट्रिय समूहकी पूर्व उपकप्तान मञ्जु गुरुङ्ग र लक्ष्मी गुरुङ्गको पनि स्मरण गरेको थियो । विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालय संयोजक बाबुराम सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै