दमौली, ७ पुस । तनहुँको दमौलीमा स्थापना गरिएको कपडा बैंकमा कपडाको अभाव भएको छ । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्न स्थापना गरिएको बैंकमा कपडाको अभाव भएको लायन्स क्लब अफ तनहुँ दमौलीले जनाएको छ ।
क्लबका सदस्यबाट सङ्कलन गरिएको ३ लाख रुपैयाँको लगानीमा गत असोज महिनामा कपडा बैंक स्थापना भएको थियो । हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परिरहेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिए । कपडा बैंक स्थापनाको छोटो अवधिमा नै तीन हजार परिवारलाई निःशुल्क कपडा वितरण गरिएको छ । “हाल दैनिक २०÷२५ जना कपडा लिन आउछन् तर कपडा बैंकमा कपडा पर्याप्त छैन”, उनले भने “खोजेको जस्तो कपडा नपाएपछि सर्वसाधारण रित्तै फर्कनुपरेको अवस्था छ ।”
पछिल्लो समय आर्थिक अभाव भएको कारण बैंकमा पर्याप्त मात्रामा कपडा राख्न कठिनाइ भएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार कपडा अभाव भएको जानकारी पाएपछि विदेशमा रहेका नेपालीहरुले चाँडै नै कपडा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । कपडा बैंकलाई दिगो बनाउन रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । पुस १५ गते आयोजना हुने साङ्गीतिक कार्यक्रमबाट बचेको रकम कपडा बैंकमा लगानी गरिनेछ । “कपडा बैंकलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न रकम अभाव भएकाले साङ्गीतिक कार्यक्रममार्फत रकम सङ्कलन गर्ने योजना बनाएका हौँ”, उनले भने “नयाँ वर्षको अवसरमा युवायुवतीलाई मनोरञ्जन पनि हुने र क्लबको उद्देश्य पनि पूर्ति हुने विश्वास लिइएको छ ।”
‘हुनेले दान गर्नुहोस् नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूल मन्त्रसहित स्थापना भएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएको छ । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने गरेको छ । गत वर्ष आयोजित साङ्गीतिक कार्यक्रमबाट बचेको रकमले क्लबले अग्निपीडितलाई राहत, ह्विलचियर वितरण, शैक्षिक सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रमबाट २ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको कार्यक्रमका संयोजक एवं क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१