म्याग्दी, १ पुस । जिल्लाको पश्चिम मालिका गाउँपालिका–४ च्यूरीबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीलाई सम्मान ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्यूरीबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागवीर चोचाङ्गी पुन मगरद्वारा स्थापित बि एण्ड बि फाण्डेशनले पुरस्कार वितरण ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।
विद्यालयको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा सोमबार सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले दश हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो भने कक्षा एक देखी दश सम्म अध्ययनरत करिब दुई सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर,फाउण्डेशनका संस्थापक सदस्य बागवीर चोचाङ्गी पुन मगर ,फाउण्डेशनका अभिभावकद्धय नरबहादुर पुन मगर र तमबहादुर पुन मगरले पुुरस्कार वितरण तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।
अध्यक्ष रोका मगर पुरस्कार तथा शैक्षिक सामाग्री वितरण गर्दै विदेशमा बसेर पनि राज्यले लिनुपर्ने दायित्व व्यक्तिले लिएको भन्दै धन्यवाद दिए । प्रवासमा रहेका म्याग्दीलीहरुले जिल्लाका शैक्षिक ,सामाजिक ,स्वास्थ्य तथा विभिन्न आपतविपतमा पु¥याएको योगदान उदाहरणीय भएको अध्यक्ष रोका मगरले उल्लेख गरे । ग्रामिण भेगमा रहेका विद्यालयहरुलाई राज्यको वेवास्ताका कारण स्थानीयलाई विद्यालय संचालनमा ठुलो आर्थिक समस्या हुने गरेको बताए । अध्यक्ष रोका मगरले सिद्धार्थ मावि सहित गाउँपालिका भित्र रहेका विद्यालयमा शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रमममा फाउण्डेशनका संस्थापक सदस्य बागवीर चोचाङ्गी पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग गर्न तथा विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय भर्ना गर्न प्रोत्साहन गर्ने उद्देश्यले फाउण्डेशन स्थापना गरिएको बताए । साथै फाउण्डेशनले विभिन्न संघ संस्थामा आवद्ध रहेर उत्कृष्ट काम गरी सामाजिक विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको जानकारी दिए । कार्यक्रममा मोना युकेका संस्थापक एवम् सिद्धार्थ अक्षयकोषका अध्यक्ष दलमान पुन ,समाजसेवी एवम् विद्यालयका पूर्व अध्यक्ष तमबहादुर पुन ,विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर ,नेकपाका नेता एवम् समाजसेवी रेशम पुन मगर,समाजसेवी मेखबहादुर पुन, प्रेम सिउँथानी ,भिजेन्द्रमान पुन लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर घर्ती मगरको अध्यक्षता ,शिक्षक छकप्रसाद घर्ती मगरको संचालन तथा शिक्षक प्रदीप पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै आदर्श समाज दैनिकका म्याग्दी संवाददाता पत्रकार साधन घर्ती मगर (राम्जाली ) लाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो । जिल्लामा क्रियाशिल पत्रकार राम्जाली मगर म्याग्दीको मालिका गाउँपालिका –४ च्युरीबोट घर भइ हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागवीर चोचाङ्गी पुनमगरद्वारा स्थापित वि एण्ड वि फाउण्डेशद्वारासम्मानित भएका हुन् । सिद्धार्थ माविको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा सोमबार सम्पन्न सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा राम्जालीलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र फाउण्डेशनका संस्थापक सदस्य बागवीर चोचाङ्गी पुन मगरले १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१