पोखरा, २८ मंसिर । पोखरा थिएटर (गन्धर्व नाटकघर) र कला क्याफेको आयोजनामा शनिवार पोखरामा ‘आफ्नै सिर्जनामा पोखरेली संगीतकर्मी’ कार्यक्रम सम्पन्न भयो ।
त्यस अवसरमा नयाँ र पुराना गरी १४ जना कलाकारहरुले गीत गाएका थिए । कार्यक्रमको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कष्णप्रसाद वास्तोलाले निरन्तर साधनाले प्रतिभा परिस्कृत बन्दै जाने बताए ।
कलाकारहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै उनले भने–पोखरा प्रकृतिले मात्र होइन, संस्कृतिले पनि धनी छ । संगीत क्षेत्रमा पोखरेलीहरुले उल्लेखनीय योगदान दिएका छन् । यसैगरी कार्यक्रममा संगीतकार नवराज बराल, नाटक निर्देशक चे शङ्कर, प्रसिद्ध बाध्यवाधक अर्जुन चैनपुरेल शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा गीत प्रस्तुत गर्नेहरुमा प्रिन्स लम्साल, कमला अर्याल, जय चापागाइँ, देवेन्द्र ढकाल, उमेश राई, गोमा घिमिरे, सन्तोष पराजुली, संगीता गायक, रुपेश भण्डारी, किशोर सुवेदी, विक्कीराम भट्ट, टीना गुरुङ, नवराज बराल र रोम तामाङ रहेका थिए । वाद्यवादन तर्फ हारमोनियममा नबराज बराल, मादलमा देवेन्द्र ढकाल, टेम्पोरियममा सुदीक्षा , तवलामा मिलन गिरी, र जिन्वेमा जय चापागाइँले सहयोग पुर्याएका थिए ।
संगीत प्रशिक्षण केन्द्र पोखराका भोकल प्रशिक्षक रोम तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पाेखरा थिएटरका संस्थापक कलाकार दिल गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन कलाकार मिलन गिरीले गरेको थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१