त्रिपिटक बाचन हुने

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
lama

पोखरा, २८ मंसिर । पोखरामा त्रिपिटक बाचन भेला हुने भएको छ । पुसको शुरुदेखि नै त्रिपिटक बाचन हुने जानकारी पोखरा पल टासी छ्योलिङ्ग गोपाल गुुम्बाका प्रमुख लामा गोपाल गुरुङ्गले दिए ।

गुम्बाका प्रमुख लामाको अध्यक्षतामा बसेको बैठकले विश्व शान्तिका लागि (कङग्युर) त्रिपिटक वाचन गर्ने निर्णय गरेको हो । बाचन भव्यता पूर्वक सम्पन्न गर्न आम रुपमा पोखरा बासीहरुलाई अह्वान गरिएको छ ।
त्रिपिटक वाचन सम्पन्न गर्न विभिन्न समिति उपसमिति गठन गरेको छ । पोखरा पल टासि छ्योलिङ्ग गोपाल गुुम्बाका प्रमुख लामा गुरु गोपाल गुरुङ्गले गठित समिति, उपसमितिहरुले १० दिनको विश्व शान्तिका लागि त्रिपिटक वाचन ल्होसार फेरिनु पूर्व गर्नु पर्ने बताएका थिए ।

बाचन भेलामा संखुवासभा, सुनसरी (इटहरी), सिमरा रुपन्देही (भैरवा), आँबुखैरेनी (तनहुँ) एवं अन्य जिल्लाबाट लामा एवं गुम्बा प्रतिनिधिहरु उक्त कार्यक्रमको लागि पोखरा आइसकेका छन् ।  भेला कार्यक्रम पल टासी छ्योलिङ्ग गोपाल गुुम्बा, बुद्ध शान्ति मार्ग रामघाटमा सम्पन्न भएको थियो । आम पोखरा बासीहरु एवं आगन्तुकहरुलाई स्वागत गर्न गुम्बा प्रवेश स्थल एवं पोखराका विभिन्न स्थानहरुमा स्वागत ब्यानरहरु राखिएको बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width