नक्कली नोट छाप्ने पक्राउ

रासस
मंसिर २५, २०७६
rupees

कैलाली, २५ मंसिर । नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई कैलाली प्रहरीले मंगलवार पक्राउ गरेको छ। कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए। यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, धनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए।

पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ। उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग