शुभकामनामा वार्षिक खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७६
suvakamana school

पोखरा, २० मंसिर । पोखरा–६ बैदाम स्थित शुभकामना बिद्यालयले यस बर्ष को  वार्षिक  खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

प्राचार्य प्रकाश चन्द्र गिरीको कार्यक्रमको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको शारीरिक , मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाइमा ताजापन ल्याउनमा ठूलो भूमिका खेल्ने कुरा व्यक्त गरे ।

बाषिक खेलकुद अन्तरगत जुनियर र सिनियर तर्फगरी विभिन्न खेलहरु फुटबल , रिले रेस , टग अफ वार , स्किपिङ , टेबल टेनिस लगायत अन्य खेलहरु खेलाइएको थियो । विभिन्न हाउस अन्तरगतका विद्यार्थीले खेलमा सक्रिय रुपमा भाग लिएका थिए । स्वास्थ्य शरीर, स्वस्थ दिमाग र स्वच्छ आत्मा भन्ने मुल नाराका साथ खेलकुद सम्पन्न भएको छ । खेल मंगलबारदेखि शुक्रबार सम्म सन्चालन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width