काठमाडौँ, १८ मंसिर । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको हो । सङ्घ देशभर क्रियाशील करिब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।
बैठकले सङ्घ गठनबारे स्थानीय सरकारलाई जानकारी गराउनाका साथै दलित समुदायका पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नेसमेत निणर्य गरेको छ । बैठकका निणर्यबारे जानकारी दिँदै काठमाडौँ उपत्यका समन्वय कमिटीका सचिव सन्दीप विश्वकर्माले उपत्यका समन्वय कमिटीको कार्यालय स्थापना गर्नका लागि पहल गर्ने र सङ्घको सदस्यताका लागि केन्द्रसँग रसिद र फारामसमेत माग गर्ने निर्णय गरेको छ ।
दलित समुदायका पत्रकारहरुलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०७६ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दलित नेताहरुको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष तथा संविधानसभाका सभासद् विनोद पहाडी, महासचिव लक्ष्मण दर्नाल, सचिव सन्तोष गन्धर्व र केन्द्रीय सदस्य बुद्धि विश्वकर्माको विशेष उपस्थितिमा बसेको सो बैठकले पत्रकार विन्दु गहतराज र सपना परियारलाई कार्यसमितिमा चयन गर्ने निर्णय पनि गरेको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१