युनाइटेड क्लबको सरसफाइ

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
united_Fotor

१३ औं दक्षिण एशियाली खेलकुद (साग) पूर्व सन्ध्यामा युनाइटेड क्लबले अमरसिंह चोक परिसर सरसफाइ सहित त्यहाँस्थित आइल्याण्डमा वृक्षरोपण गरेको छ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलको सक्रियतामा क्लबका पदाधिकारीहरुले अमरसिंह चोक वरपर बृहत् सरसफाइ गरी आइल्याण्डमा विभिन्न प्रकारका फूलका बिरुवाहरु रोपिएको हो।

पाहुनालाई लक्षित गरी सरसफाइ सहित बिरुवा रोपी हराभरा पारिएको क्लबका संस्थापक अध्यक्ष बख्रेलले बताए। पोखरा महानगरपालिकाले आइल्याण्ड साधुँरो बनाउने क्रममा लथालिङ्ग छाडिएको सो आइल्याण्डलाई क्लबले माटोले पुरेर संरक्षण गरी दुवो रोपी अमरसिंह थापाको सालिक राखी संरक्षण गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width