साझा पार्टीले पोखरा–१५ मा बुधबार उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रम गरेको छ। मतदाता भेट्न पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र, पार्टीका तर्फबाट उम्मेदवारी दिएकी रजनी केसीसहितको टोली सो वडा पुगेको हो।
मतदाता भेटपछि वडा १५ को ट्याक्सी चोक र शिव मन्दिर चोकमा साझा चुनावी कोणसभा आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले जनताले आफू र पार्टीप्रति गरेको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने प्रतिबद्धता जनाइन्। उनले मतदाता साझा पार्टीप्रति सकारात्मक रहेको अनुभव सुनाइन्। उनले भनिन्, ‘अब साझा पार्टी नै कम्युनिष्ट र काँग्रेसको विकल्प बनेर आयोभन्दा खुसी लाग्छ। ’ उनले साझा पार्टी देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको स्पष्ट पारिन्।
पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले पुराना दलका कारण असल राजनीतिज्ञले देश विकास गर्लान् भन्ने विश्वास ध्वस्त भएको आरोप लगाए। ‘गएको ३० वर्षदेखि चुनाव जितेर गएकाहरुले आफू र आफ्नो परिवार बनाए, जनतालाई जहाँको त्यहीँ छाडे, ’ उनले भने, ‘त्यसले गर्दा देशमा असल राजनीतिज्ञ छन् र देश परिवर्तन गर्लान् भन्ने जनतामा विश्वास छैन। ’
कस्केलीलाई जनता नेतृत्वप्रति असन्तुष्ट छन् भन्ने सन्देश दिने अवसर आएकाले त्यसको सदुपयोग गर्न उनले आग्रह गरे।
बिहीबार पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१