आर्दश चौतारी पिस पोस्टर एवम् सहयोग प्रदान

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
0000

पोखरा,  लायन्स क्लव अफ पोखरा आर्दश चौतारीद्वारा आयोजित पिस पोस्टर प्रतियोगिता मंगलवार सम्पन्न गरेको छ ।

कुँडहर स्थित बेसलाइन एकेडेमीमा भएको प्रतियोगितामा आठ विद्यालयका १० देखि १३ वर्ष उमेरका १३ जना छात्रछात्राले भाग लिएका थिए ।प्रतियोगितामा वेशलाइन एकेडेमीका छात्र श्रृया गुरुङ प्रथम, कुमुदिनी हेम्सकी पाल्पासा मुनाकर्मी द्धितीय र तृतीय बालकल्याण विद्यालयकी पुनम गुरुङ भएको जानकारी प्रतियोगिताका संयोजक सन्तोष कार्कीले बताए ।

प्रतियोगिताको प्रमुख अतिथि डिष्टीक चेयर पर्सन जितेन्द्र थापाले उद्घाटन गदै शान्तिविनाको समाज परिकल्पना गर्न सम्भव नहुने बताउदै आफनो कला मार्फत समाजमा सचेताना प्रदान गर्ने विद्यार्थीले सहयोग प्रदान गर्ने बताए ।

क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव कोइराला, निर्वतमान अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मोहनराज पौडेल, धन्यवाद संयोजक सन्तोष कार्की र सञ्चालन सचिव रुकबहादुर गुरुङले गरेका थिए ।

त्यसैगरी मंगलबार स्यागजा जिल्ला चापाकोट गाउपालिका ४लगदाका ब्लड क्यान्सरवाट पीडित नमस्ते हस्पिटल विरौटामा उपचार गरिरहेका जीवन कुँवरलाई सहयोग स्वरुप नगद २३ हजार ५ सय रुपैया हस्तान्तरण गरेको थियो ।
फोटो छ पिस ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width