तीन विद्यालय गाभिए

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७६
1-13031-1-manang-hunde-schoollamjung-1432018073234-600×0

लमजुङ, १६ कात्तिक । लमजुङका तीन सामुदायिक विद्यालय एकअर्कोमा गाभिएका छन् । ती विद्यार्थी संख्या शून्य भएपछि मध्यनेपाल नगरपालिकाको शिक्षा शाखाले विद्यालयलाई गाभ्ने कार्य गरेको हो ।

गाभिएका विद्यालयमा ज्ञानेश्वरी प्राथमिक विद्यालय, गोरखनाथ प्राथमिक विद्यालय र बालकल्याण प्राथमिक विद्यालय रहेका छन् । मध्यनेपाल नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार मध्यनेपाल नगरपालिका– १ मा रहेको ज्ञानेश्वरी प्राथमिक विद्यालय सोही वडाको सप्ताधारामा रहेको सप्ताधारा माविमा गाभिएको छ । वडानं– ३ मा रहेको गोरखनाथ प्राथमिक विद्यालय सोतीपसलमा रहेको मंगला माध्यामिक विद्यालयमा गाभिएको छ ।

यसैगरी, वडानं ५ समिभञ्ज्याङमा रहेको बालकल्या प्राथमिक विद्यालय त्यसैस्थानमा रहेको सम्झना माविमा गाभिएको मध्यनेपाल नगरपालिकाको शिक्षा शाखाका प्रमुख श्रीप्रसाद भट्राईले जानकारी दिए । उनका अनुसार ती विद्यालयमा क्रमशः तीन, दुई र एक जना शिक्षक कार्यरत रहेका थिए । ती विद्यालय गाभिएसँगै ती विद्यालयमा रहेका शिक्षकलाई समायोजन गर्ने कार्य पनि शुरू भएको भट्राईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width