पोखरा, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सुशासनको प्रतिवद्धता जनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाद्धारा शुक्रवार स्याङ्जामा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा वोल्दै उनले ठूल्ठूला भ्रष्टाचार जन्य कसुरमा आरोपित ठूला माछाहरुलाई छाड्ने गरेको आरोप लगाए ।
बालुवाटार जग्गा प्रकरण, ३३ क्विन्टल सुन, वाइडवडी प्रकरण र हत्या, हिंसा, बलात्कार लगायतका जघन्य घटनाका आरोपीलाई कानूनी कारवाही गर्न सरकारले नै चासो राख्दैन ।’ उनले भने– वर्तमान सरकारले कुनै राम्रा काम गरेको छैन् ।
कार्यक्रममा संघीयसभा सदस्य नारायणप्रसाद मरासिनी, प्रदेशसभा सदस्यहरु दीपक थापा चर्तीमगर, पूर्व सांसद शंकरप्रसाद पाण्डे, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, भीरकोट नगरप्रमुख छायाराम खनाल, उपप्रमुख महेश पुरी, आँधीखोला गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेल, नेकपाका उदय श्रेष्ठ, राप्रपा सचिव बिश्वन्धु पौडेल, राप्रपा संयुक्तका नेता रामबन्धु रेग्मी, नयाँ शक्ति नेपालका ख्यामनारायण ढकाल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष राजेन्द्र गैह्रै, वामपन्थी नेता शोभाखर ढकाल, महिला नेतृ सरस्वती तिवारी, एनआरएनए का केन्द्रीय सदस्य जेदु पोखरेल लगायतले चाडपर्वले एक आपसको तित्तता र रिक्ततालाई मेटाउदै सहकार्य र एकता गर्दै विकास निर्माणमा अघि बढ्नु पर्नेमा जोड दिए । नेपाली कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१