म्याग्दी ,४ कात्तिक । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाको समपन्न विशेष गाउँँसभाले ११ विधेयक पारित गरेको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरमा विभिन्न ११ विधेयक पारित गर्दै गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाले ११ विधेयक पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले गाउँसभाले अन्नपूर्ण गाउपालिकाको स्थानीय पर्यटक विकास कार्यबिधि,२९७६, अन्नपूर्ण गाउँपालिकाको कृषि अनुदान निर्देशिका २०७६, अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक निजी साझेदारी सम्बन्धी नियामावली २०७६,अन्नपूर्ण गाउँपालिकाको गाउँ सुत्केरी स्याहार खर्च वितरण कार्यविधि २०७६ तथा अन्नपूर्ण गाउँपालिकाको विपन्न दलित तथा अल्पसंख्यक समुदाय स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि २०७६ लगायत एघार विधेयक पारित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले पछिल्लो समय समायोजनले गर्दा गाउँपालिकामा कर्मचारी अभाब भएको बताए ।
कर्मचारी अभावले गाउँपालिकाको प्रशानिक सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन नसकेको गुनासो गरे । गाउँपालिका बासीलाई सहज तथा सरल रुपमा सेवा सुविधा प्रदान गर्न गाउँपालिका प्रयासरत रहेको उनको भनाई छ । गाउँपालिकामा संचालित विकास निर्माणका योजनाहरुलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
‘समायोजनले गर्दा गाउँपालिकामा कर्मचारी अभाव भएको छ । कर्मचारी अभावले गाउँपालिकाको कार्यसम्पादनमा समस्या हुने गरेको छ’ ,अध्यक्ष क्याप्टेन गर्बुजा पुने भने । ‘भएको सिमित स्रोत साधन परिचालन गरी गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउनमा हामी प्रयासरत छौं ।’
उपभोक्ता समिति मार्फत गरिएका विकास निर्माणका योजनाहरुको भुक्तानी सहज बनाउने गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताए । कार्यक्रम्मा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर , प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा , कार्यपालिका सदस्य विष्णु दमाईले बोलेका थिए ।
विशेष गाउँसभामा नेपाली कांग्रेसका लेप्टेन बेलबहादुर पुर्जा ,नेकपा अन्नपुर्ण गाउँपालिका अध्यक्ष खड्क गिरी लगायतले शुभकामना व्यक्त गरे । गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालको संचालन ,सामाजिक विकास तथा युवा खेलकुद संयोजक एवम् वडा नम्बर –२ का अध्यक्ष ओमप्रसाद फगामीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
सामाजिक विकास तथा युवा खेलकुद संयोजक एवम् वडा नम्बर –२ का अध्यक्ष फगामीले गाउँपालिकामा लेखापाल नहुँदा गाउँपालिकाबाट हुने भुक्तानीमा समस्या हुने गरेको बताउँदै जनशक्ति व्यवस्थापन गर्न आग्रह गरे । छिटोछिटो हुने प्रमुख प्रशासकीय अधिकृतको फेरबदलले गाउँपालिकाको सेवा प्रवाहमा समस्या हुने गरेको प्रवक्ता एवम् वडा नम्बर ६ का अध्यक्ष बरुवालले बताए ।
विशेष गाउँसभाबाट पारित भएका ११ विधेयकहरु
१ अन्नपूर्ण गाउँपालिकाको स्थानीय पर्यटक विकास कार्यबिधि,२९७६
२ अन्नपूर्ण गाउँपालिकाको कृषि अनुदान निर्र्देिशका २०७६
३ अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक निजि साझेदारी सम्बन्धी नियामावली २०७६
४ अन्नपूर्ण गाउँपालिकाको गाउँ सुत्केरी स्याहार खर्च बितरण कार्यविधि२०७६
५ अन्नपूर्ण गाउँपालिकाको विपन्न दलित तथा अल्पसंख्यक समुदाय स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि २०७६
६ अन्नपूर्ण गाउँपालिकाको खेलकुद संचालन तथा व्यवस्थापन कार्यविधि २०७६
७ अन्नपूर्ण गाउँपालिकाको लेखा समिति गठन तथा संचालन नियामावली २०७६
८ अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन २०७६
९अन्नपूर्ण गाउँपालिकाको शिक्षक नियुक्ति तथा सरुवा कार्यविधि२०७६
१० अन्नपूर्ण गाउँपालिकाको असाहाय विपन्न सहायत कोष संचालन कार्यविधि २०७६
११ अन्नपूर्ण गाउँपालिकाको पशु सेवा कार्यक्रम संचालन कार्यविधि २०७६ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१