अन्तराष्ट्रिय मानव मिलन सम्मेलन

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
20191013_113211_Fotor

मानव मिलन संस्थाको रजतजयन्ती वर्ष स्मारिका लोकार्पण गर्दै प्रमुख अतिथि पश्चिम बंगालका राज्यपाल जगदीप धनखड्।

अन्तराष्ट्रिय मानव मिलन सम्मेलन दुई दिवसीय कार्यक्रमका साथ भारतको कोलकात्तामा सम्पन्न भएको छ।

आश्विन २५ र २६ गते सञ्चालित उक्त कार्यक्रमको पहिलो दिन आयोजित समारोहमा प्रमुख अतिथि भारत सरकारका महिला तथा बाल विकास राज्यमन्त्री देवश्री चौधरीले मानव मिलन संस्थाले मानवबीच आपसी सद्भाव वृद्धिका साथै नेपाल र भारतका जनताबीच पनि मैत्री भावनाको विकासमा सहयोग पुगेको बताइन्।

डा.सुन्दरमणि दीक्षितले पृथ्वीमा पर्यावरणीय संकट देखा परेको चर्चा गर्दै डा. मणिभद्र मुनिजीको मानव मिलनको अभियानले पर्यावरण रक्षामा समेत सघाउ पुर्याउने बताए।

समारोहमा उत्कृष्ट शाखा सम्मान गरियो। त्यस अवसरमा जयपुरले प्रथम, सोनिपथले द्वितीय र काठमाडौले तृतीय स्थान प्राप्त गरि सम्मानित भए। सो समारोहमा मानव मिलन पोखराका अध्यक्ष रेशमराज सुवेदी, स्याङ्जाका अध्यक्ष नारायण प्रसाद पौडेल, काठमाडौका अध्यक्ष शान्ति ढकाल लगायतले आ–आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमको अध्यक्षता अन्तराष्ट्रिय मानव मिलन हैदरावादका अध्यक्ष हर्ष कुमार मुनोतले गरेका थिए। सोही दिन साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा मुम्बइका प्रसिद्ध संगीतकार ओमजी व्यास, र मुम्बइमा रहेकी नेपाली गायिका जमुना शर्मालगायतको गीत तथा नेपाली कलाकार शान्ता लामिछाने र लक्ष्मी लामिछानेले नृत्य प्रस्तुत गरेका थिए। दोश्रो दिनको समारोहमा प्रमुख अतिथि पश्चिम बंगालका राज्यपाल जगदीप धनखडले संस्थाको रजत जयन्ती वर्षको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन गरे। त्यस अवसरमा प्रमुख अतिथि धनखडले मानव मिलन संस्थाका गतिविधिहरुको प्रशंसा गरेका थिए।

समारोहलाई आशिर्वचन प्रदान गर्दै मानव मिलनका संस्थापक नेपाल केसरी डा. मणिभद्र मुनि महाराजले विभिन्न धर्म, जात, सम्प्रदाय भन्दा माथि उठेर मानव सेवाका लागि संस्था समर्पित भएको बताए। ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष डा. नारायण प्रसाद अधिकारीले भारत वर्षमा धेरै महामानवहरुको जन्म भएको तथा नेपाल र भारतीबीच धेरै पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गरे।

कार्यक्रममा भाजपा पश्चिम बंगालका अध्यक्ष दिलीप घोषले पनि सम्बोधन गरेका थिए।

उक्त समारोहबीच ब्राह्मण समाज नेपालका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र मानव मिलन पोखराका सल्लाहकार सावित्री शर्मा, स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेल, काठमाडौंका अध्यक्ष शान्ति ढकाल, पोखराका संस्थापक अध्यक्ष कोमल प्रजु, काठमाडौंका राजेन्द्र चोडोरियालाई सम्मान गरिएको थियो मानव मिलन अन्तराष्ट्रिय महिला अध्यक्ष कुसुम जैनको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो।

नेपाली टोली स्वेदश फिर्ता

मानव मिलनको कोलकातामा भएको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन गएको नेपाली टोली आइतबार स्वदेश फिर्ता भएको छ। उक्त टोलीमा पोखरा, स्याङ्जा, काठमाडौं लगायतका ठाउँबाट ११३ जनाको सहभागिता रहेको थियो।

मानव मिलन पोखराका सल्लाहकार सावित्री शर्माको संयोजनमा गएको उक्त टोलीले दुई दिने सम्मेलनमा उत्साहजनक सहभागिता जनाउनुका साथै कोलकातालगायत गंगासागर र जगन्नाथ पुरीको पनि भ्रमण गरेको थियो। उक्त टोलीले आन्तरिक पर्यटन २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै बु्रसर वितरण गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै