बेझाड, ३ कात्तिक । कालीगण्डकी नदीको अस्तित्व बचाउन र डाइभर्सन हुनबाट रोक्न कालीगण्डकी महोत्सव आयोजना गरिएको छ । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको विरोध गर्दै दबाबस्वरुप महोत्सव आयोजना गर्न लागिएको हो ।
पाल्पाको रम्भा गाउँपालिकाकाको आयोजनामा नदीको महत्व बचाउन र डाइभर्सन हुनबाट जोगाउन आउँदो कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन बृहत् कालीगण्डकी महोत्सव गरिने भएको छ ।
कालीगण्डकी संरक्षण गर्ने, शालिकग्रामको धार्मिक महत्व उजागर गराउने र धार्मिक संस्कृति संरक्षण गर्न राष्ट्रिय भजन प्रतियोगिता गर्ने उद्देश्यले कालीगण्डकी महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
“कालीगण्डकीको महत्व र अस्तित्व बचाइ राख्न डाइभर्सनको विरोध गर्दै नदी बचाऊ अभियानमा महोत्सव आयोजना गर्न लागेका हौँ, डाइभर्सनले कालीगण्डकीको सभ्यतामा ठूलो असर पुग्नेछ”, अध्यक्ष भण्डारीले भने । महोत्सवका लागि गाउँपालिकाले रु दुई लाख रकम विनियोजन गरेको छ । रम्भा गाउँपालिकाको वडा नं १ हुँगी असेर्दी उत्तरबाहिनी क्षेत्रमा हुने महोत्सवमा प्रभावित क्षेत्रका सबैजसो नागरिकको सहभागिता गराउने गाउँपालिकाले जनाएको छ ।
पाल्पा र स्याङ्जाको सिमाना राम्दीबाट डाइभर्सन गरी तिनाउमा लैजाने योजना छ । राम्दीदेखी तल्लो तटीय क्षेत्रका स्थानीय सरकार तथा नागरिकले डाइभर्सनको विरोध गर्दै आइरहेका छन् । कपिलवस्तु, रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा सिँचाइ गर्ने योजनाका साथ लैजाने विषयमा तल्लो तटीयवासी आक्रोशित बनेका छन् ।
५ नम्बर प्रदेश र गण्डकी प्रदेशको साझा नदीका रुपमा रहेको कालीगण्डकीलाई पाल्पा र स्याङ्जाको सिमाना राम्दीबाट पानी लगेको खण्डमा तल्लो क्षेत्रको मानव बस्तीमा ठूलो असर पुग्नेछ । सरकारले पाँच वर्षअघि कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना सञ्चालन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गर्न शुरु गरेको थियो ।
गण्डकीको पानी राम्दीदेखि तिनाउमा झार्ने डाइभर्सनको प्रदेश नम्बर ५ को पाल्पाका तल्लो भेगका स्थानीय सरकार र गण्डकी प्रदेश सरकारले भने कडा विरोध गर्दै आएको छ । करीब ३० किलोमिटर सुरुङ खनेर कालीगण्डकीको पानीलाई तिनाउमा लैजाने योजना छ । राम्दीदेखि तल्लो भेगका जनताले नदी डाइभर्सनले तल्लो क्षेत्रका मानव जीवन र वातावरणमा असर पुग्ने बताउँदै विरोधका आवाज उठाइरहेका छन् ।
पाल्पाको रामपुर नगपालिका, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँ घिरिङ गाउँपालिका, नवलपुरको बौदिकाली गाउँपालिकालगायत दश स्थानीय तह नदी डाइभर्सनको विरोधमा उत्रिएका छन् । तीन जिल्लाका स्थानीयलाई समेटेर सङ्घर्ष समिति पनि गठन भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
थारु समुदायको संसारी पूजा स्थगित
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१