ड्यामसाइड क्लबको मैदान निर्माण अभियान

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
damside_Fotor

क्लबलाई १ लाख सहयोग गर्दै कैलास गुरुङ र पवित्रा गुरुङ।

पोखरा–१७, ड्यामसाइड क्लबको आयोजनामा पोखरा महानगरपालिकाको ‘एक वडा एक खेलकुद मैदानको अवधारणा’ र ‘ड्यामसाइड क्लबको अभियान, खेलकुद मैदान निर्माण’ विषयक अन्तर्क्रियामा सम्पन्न भएको छ।

क्लबले वडामा निर्माण गर्ने खेल मैदानमा सरोकारवाला सबैले उत्तिकै सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले क्लबले सबैलाई एकजुट हुने माहोल बनाएकोमा धन्यवाद दिए।

यस्तै, पोखरा १७ का वडा सदस्य शान्तादेवी गुरुङ, बैकुण्ठ भण्डारी र तारा सेवा, नेकपाका पोखरा १७ का सुभाष ढुंगाना, काँग्रेसका वडा इकाइ सभापति देवराज आचार्य, वडासचिव सुभाष पौडेलले क्लबको यो उदाहरणीय कार्य हो भने।

कार्यक्रममा छोरेपाटन मावि अध्यक्ष झपिन्द्रराज रेग्मी, पार्दी मावि अध्यक्ष तोयनाथ लम्साल, जानकी आधारभूत विद्यालयमा टीका भण्डारीले खेल मैदानबाट विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए।

यस्तै, सहारा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापा, डेभिडफल क्लब अध्यक्ष खेमराज बराल, बिरौटा क्लब अध्यक्ष डीआर भट्टराई, युवा जागरण समूह संयोजक टीकाराम पौडेल, सीतापुरी क्लब महतगौंडा अध्यक्ष मनोज भण्डारीले सह्राहनीय कार्यको उच्च मूल्यांकन गर्दै आफ्नो साथ सहयोग गर्ने बताए।

कार्यक्रममा टोल विकास संस्थामध्ये सिद्धार्थ राजमार्ग टोल विकास संस्थाकी अध्यक्ष आत्मा तुलाचन, एकताका गौरव भण्डारी, पुलचोकका कृष्णप्रसाद पौडेल, शान्तिटोल अग्नि शिवाकोटी, ड्यामसाइड टोलका सचिव शिव श्रेष्ठले पनि बोलेका थिए।

क्लब सल्लाहकार कर्ण गुरुङ र राजु सापकोटा, डा नारायण गौतम, ड्यामसाइड मार्ग आमा समूह अध्यक्ष सीता सुवेदी, सक्षम आमा समूह अध्यक्ष विष्णु शेरचन, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, हरिध्वज तुलाचन, बलराम थापा, रमेश गुरुङ, प्रेमबहादुर श्रेष्ठ, पूर्व खेलाडी खड्गबहादुर रानाभाट लगायतले सक्दो सहयोग गर्ने बताए।

ड्यामसाइड क्लब अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षमा भएको कार्यक्रम संचालन सचिव कीर्तिवल्लभ त्रिपाठी, स्वागत मन्तव्य सल्लाहकार कल्पना श्रेष्ठले व्यक्त गरेको कार्यक्रम संयोजक एवं क्लबका कानूनी सल्लाहकार केशवराज बरालले जानकारी दिए।

यसैबीच, पूर्व वडाध्यक्ष रामचन्द्र गुरुङका छोराबुहारी कैलास गुरुङ र पवित्रा गुरुङ (हाल अमेरिका निवासी) ले क्लबको सहयोगार्थ १ लाख रुपैयाँ कोषाध्यक्ष राकेश श्रेष्ठलाई प्रदान गरे। हाल जापान निवासी वसन्त गौचनले क्लबको कार्यमा सक्दो सहयोग गर्ने सन्देश पठाएका थिए।

क्लबले पोखरा–१७, ड्यामसाइडस्थित ४३ खाली जग्गामा खेल मैदान निर्माण तयारी गरेको क्लब अध्यक्ष पदमबहादुर ढकालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width