भलिवलमा कर्मचारीको समूह विजयी

आदर्श समाज सम्वाददाता
असाेज २, २०७६
villabe

पोखरा,२ असोज । संविधान दिवस २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा संचालित मैत्रीपूर्ण भलिबल खेल प्रतियोगिता उपाधि राष्ट्रसेवक कर्मचारीको समूहले हात पारेको छ ।

संविधान दिवसलाई थप रचनात्मक एवं प्रभावकारी ढंगले मनाउने उद्देश्यले विविध कार्यक्रमसंगै आयोजना गरिएको उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगिताको फाइनल खेलमा राष्ट्रसेवक कर्मचारीहरुको समूहले पश्चिमाञ्चल खेलकूद विकास समितिका पदाधिकारीहरुको समूहलाई ३–१ सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

विजयी समूहलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला मन्त्री किरण गुरुङ र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

उक्त अवसरमा वोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान दिवसलाई यस वर्ष थप प्रभावकारी एंवं उल्लासमय रुपमा मनाउने उदेश्यले प्रदेश सरकारले उक्त भलिवल प्रतियोगिता संचालन गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width