सिँचाई प्रणालीको साधारणसभा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
hamja sichai pradali progrem photo_Fotor

पोखरा–२५, हेमजा स्थित हेमजा सिचाई प्रणाली जल उपभोक्ता संघको २१ औ वार्षिक साधारणसभा तथा उपभोक्ता भेला शनिवार सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजी बराल जीवनले कृषि योग्य जमिनमा सिचाई व्यवस्थापन गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए। उत्पादन बृद्घि भएसँगै राष्ट्र स्वतहः समृद्घिको बाटोतर्फ मोडिने उनको भनाई थियो।

जलस्रोत तथा सिचाई डिभिजन कार्यालय गण्डकीका प्रमुख इ. किरण आचार्यले कार्यक्रमको सफलताको शुभकामना दिदै नहर निर्माण तथा मर्मतको लागि आवश्यक थप रकम उपलब्ध गराउने बचनबद्घता व्यक्त गरे।

सो कार्यक्रममा सस्थापक अध्यक्ष धर्मराज बास्तोला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेमजाका अध्यक्ष माधवशरण पौडेल, नेपाली काग्रेस हेमजाका सहसंयोजक दानबहादुर थापा, सल्लाहकार तथा निवर्तमान अध्यक्ष कृष्णबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरुले वर्तमान अवस्थामा नहर मर्मत अत्यावश्यक भएको औँल्याए।

कार्यक्रमका बीच सचिव शान्ति थापाले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन साथै कोषाध्यक्ष झबिलाल सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको थियो।

संघका अध्यक्ष दुर्गाप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहसचिव खिमबहादुर थापाले स्वागत तथा संघका सल्लाहकार घनश्याम तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width