पोखरास्थित जिनियस मल्टि टेक्निकल इन्स्टिच्युट प्रालिले संचालन गरेको तीनमहिने तालिम सम्पन्न भएको छ।
नतिजामा आधारित छोटो अवधिका विभिन्न तालिममा ३ सय जना बढी सहभागी थिए। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्वि परियोजनाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
व्युटिसियन, प्लम्बिङ, टेलरिङ, बिल्डिङ इलेक्टिसियन, कुक, हाते कडाइ तालिम सञ्चालन गरिएको हो।
‘युवालाई सीप दिएर रोजगार बनाउने अभियानमा छौं’ जिनियस मल्टि टेक्निकल इन्स्टिच्युट अध्यक्ष नारायणप्रसाद अधिकारीले भने, ‘युवाका लागि सीप र रोजगारी जरुरी छ, त्यसतर्फ सबैले सोच्नुपर्छ।’
जिनियसले ३५ जिल्लामा सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको छ। विभिन्न ३६ वटा विषयमा तालिम दिनका लागि संस्थाले मान्यता पाएको छ।
तालिम समापनमा बोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले आर्थिक रुपमा सक्षम नभएसम्म मुलुक अघि बढ्न नसक्ने बताइन्। उनले देशभित्रै केही गर्छु भन्नेलाई सरकारले सहयोग गर्ने उल्लेख गरिन्। मन्त्री पुनले युवामा उद्यमशीलतासम्बन्धी ज्ञान आवश्यक रहेको भन्दै युवा जागिरका लागि नभई मालिक बन्न अग्रसर हुनुपर्ने औल्याइन्।
उनले एउटै व्यक्तिले धेरै तालिम लिने तर काम नगर्ने परम्परा रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताइन्।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले हिम्मत हुने नै अघि बढ्ने भन्दै हिम्मत नै सफलताको शुरुवात भएको बताए।
पोखरा महानगरपालिका शिक्षा विभाग अधिकृत विश्वराज आचार्यले सीप र ज्ञानलाई आर्थिक उपार्जनको लागि उपयोग गर्नुपर्ने बताए।
नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले रोजगारीको अवसर सृजना गरी युवा पलायन हुने क्रम रोक्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा साना तथा घरेलु उद्योग कार्यालय गण्डकी प्रमुख उमा कोइराला, पोखरा उद्योग वाणिज्य संघका सदस्य चिन्तामणि बास्तोला, इन्स्योर/हेल्भेटास नेपालका क्षेत्रीय संयोजक सञ्जीवकुमार राई, प्रशिक्षक मिलन तामाङ, रुपकला श्रेष्ठ र प्रशिक्षार्थी निर्मला गुरुङले बोलेका थिए।
संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक टीकाकुमारी लामिछानेले स्वागत र सञ्चारकर्मी सचिन रानाभाटले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१