समृद्ध भिमादबारे विचार गोष्ठी

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७६
IMG_5227

पोखरा, ९ भदौ । तनहुँको भिमाद नगरपालिका प्रधानाध्यापहरुले शैक्षिक समृद्ध भिमाद निर्माणका लागि प्रधानाध्यापकको भूमिका विषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ ।

जनज्योति माविका प्रधानाध्यापक चन्द्रप्रसाद सुवेदीले समृद्ध भिमादका लागि प्रधानाध्यापकको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि भिमाद नगरपालिकाका नगर प्रमुख मेखबहादुर थापा रहेका थिए ।

उक्त अवसरमा शिक्षा विकास निर्देशक तिलक सिलवालले शिक्षा क्षेत्रमा लगानी गर्न नगरपालिकालाई अनुरोध गर्दै शिक्षामा गरेको लगानी खेरनजाने बताए । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले ऐन,कानुनको अभावमा काम गर्न कठिनाइ भएको बताए । नगर पालिका शिक्षा विभागका प्रमुख उपसचिव नगेन्द्रराज पौडेलले शैक्षिक समृद्धिका लागि शैक्षिक सुशासन चाहिन्छ भन्दै एउटा व्यवस्थापकसँग नेतृत्वदायी सीप र गुण नभएसम्म संस्थाले गति लिन नसक्ने कुरा बताए ।

कार्यक्रममा नगर उपप्रमुख शारदा खनाल ,शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख रमाकान्त शर्मा,प्रअ.टिकानिधि लम्साल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजिमान श्रेष्ठ,वडाध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए । स्रोतव्यक्ति केशवप्रसाद वाग्लेले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता जनज्योति माध्यमिक विद्यालय भिमादका प्रधानाध्यापक चन्द्रप्रसाद सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…
  • जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    गोरखा । सहिद लखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक…
  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…

hero news full width