पोखरा, ५ भदौ । नारी परोपकार केन्द्र सिमलचौर पोखराले तीजको अवसरमा मनोसामाजिक सुरक्षा एवं मनोविमर्श सम्वन्धी अभिमुखीकरण कार्यक्रम सँपन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस कास्की जिल्ला सहसचिव रंगिला आचार्यले परिवर्तनशील समयमा महिला भूमिकाको विषयमा चर्चा गर्दै सकारात्मक सोच राखी अगाडि बढेमा जुनसुकै काम पनि सहज तरिकाले सम्पन्न गर्न सकिने बताइन् ।
केन्द्रका अध्यक्ष शारदा गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष राधाकुमारी शर्माले स्वागत गरेकी थिइन् । संस्थाका सचिव पार्वती गिरीले कार्यक्रम संचालन गरेकी थिइन् ।
यसैगरी उक्त अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकको भूमिका निर्वाह गर्ने प्रभा आचार्य र अतिथिहरुमा दशनामी समाज कास्कीका अध्यक्ष रञ्जिता गिरी, केन्द्रकी पूर्व अध्यक्ष जमुना गिरी, पोखरा विश्वविद्यालयका सहप्रशासक तारा सापकोटा तथा जनप्रिय क्याम्पसकी लाइब्रेरीयन राधा पौडेल रहेका थिए । केन्द्रका ७० जना आजीवन सदस्यहरुको उपस्थितमा रहेको थियो ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१