पाल्पामा एकै दिन बाघ जात्रा र गणेश जात्रा

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
palpa photo_Fotor

आइतबार पाल्पाको तानसेनमा दुई जात्रा निकालियो। श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा र बाघ जात्रा गरी तानसेनमा एकै दिन दुई जात्रा निकालिएको हो।

तानसेन भजन संरक्षण समिति पाल्पाले संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान पुर्याउने भन्दै आइतबारदेखि गणेश यात्रामा भजनसहित सहभागिता जनायो। तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही र उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भजन संरक्षण समितिको कार्यक्रमलाई संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

आयोजकका अनुसार प्रत्येक वर्ष भाद्र कृष्ण तृतीयाको दिन भव्यताका साथ गणेशको रथयात्रा गर्ने प्रचलन वि.सं. १९८१ बाट प्रारम्भ गरिएको थियो। गणेश जात्रामा पहिला भगवानलाई पूजा गरी बोकाको बलि दिइने र प्रसादको रूपमा जाग्राममा बस्नेहरूलाई सम्हयबजी बाँडिने भएपनि आजकाल भगवान श्रीगणेशलाई बलि नचढाइने जानकारहरू बताउँछन्।

श्रीनगरस्थित श्रीगणेशको रथयात्रा निकालेपछि मात्र तानसेनमा अन्य देवीदेवताहरूको रथहरू निकालिने तानसेन भजन संरक्षण समितका अध्यक्ष ब्रह्मशेखर बज्राचार्य बताउँछन्। तानसेन बजारभित्र ६ ठाउँहरूमा गणेश मन्दिरहरू रहेका छन्। आइतबार भएको श्रीनगर सिद्धी विनायक गणेश रथयात्रालाई बजारको विभिन्न भागमा परिक्रममा गराइएको थियो।

यसैबीच आइतबार नै तानसेनमा बाघ जात्रा निकालियो। जात्रामा बाघको भेषमा सिंगारिएर युवाहरूले बाजा बजाएर बाघलाई घेल्दै र सिकार गरेको अभिनय सहित बजार परिक्रमा गरेका थिए। पाल्पामा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट बाघ जात्रा गर्ने चलन छ। जानकारहरूका अनुसार तानसेनमा मनाइने बाघजात्रा अन्य जिल्लाहरूमा मनाइने तरिका फरक रहेको छ। तिथि अनुसार कुनै कुनै वर्ष मात्र बाघजात्रा र श्रीनगरस्थित गणेको जात्रा एकै दिन पर्ने गर्दछ।

Related News

सम्बन्धित समाचार

  • रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपुरबेंसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी…
  • पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पाेखरा । प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका…
  • स्थानीय तह उपनिर्वाचन १६ मंसिरमा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग…
  • आज संविधान दिवस

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । संविधान दिवस आज (बिहीबार) मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका…
  • बजाज पल्सर एनएस–२०० मोटरसाइकल

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । इच्छाशक्ति अटोमोबाइल्सले नयाँ बजाज पल्सर एनएस–२०० मोटरसाइकल सार्वजनिक गरेको छ । ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलका…

hero news full width