पोखरा । इच्छाशक्ति अटोमोबाइल्सले नयाँ बजाज पल्सर एनएस–२०० मोटरसाइकल सार्वजनिक गरेको छ । ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलका सुविधा रहेको उक्त मोटरसाइकलमा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको कम्पनीको दाबी छ । जसमा ट्रिपल स्पार्क फोरभल्भ इन्जिन उपलब्ध छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्ने जनाइएको छ ।
पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले पल्सरका मोटरसाइकल प्रविधिमैत्री भएकाले युवाको रोजाइमा परेको बताए । बजाजका मोटरसाइकल नेपालको भुगोल सुँहाउदो हुने बताउँदै गाडीमा भन्दा बढी एड्भान्स मोटरसाइकल उत्पादन भएको बताए । उनले मोटरसाइकलका पार्टपूर्जा सहज रुपमा उपलब्ध हुन सकोस् भनी शुभेक्षा व्यक्त गरे ।
कम्पनीका संस्थापक अध्यक्ष इच्छामान बुद्धाचार्यले आर्थिक मन्दीले व्यवसायमा असर परेको गुनासो गरे । उनले व्यवसायीका समस्या समाधान गर्न व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कम्पनी निर्देशक रत्नमाया बुद्धाचार्य, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कास्की प्रहरी प्रमुख मोहन थापा लगायतको उपस्थिति थियो ।
उक्त मोटरसाइकलको मुख्य विशेषता ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ, ब्लुटुथ, टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा हुन् । अपसाइड–डाउन फ्रन्ट फोक्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ । मोटरसाइकलको मूल्य ४ लाख ४४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीको दशैँ, तिहार र छठ अवसरमा नयाँ स्किम समेत ल्याएको छ । बजाजको यस योजनाअन्तर्गत ग्राहकले हरेक बजाजको खरिदमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउने छन् । साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनेछन् । क्यासब्याक अफरमा ६ हजार देखि १ लाख रुपैयाँसम्म क्यास जित्न सक्नेछन् ।
इच्छाशक्ति अटोमोबाइल्स बजाज मोटरसाइकलको पोखराका लागि आधिकारिक बिक्रेता हो ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१