उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिएका छन्।
उच्च अदालत तुल्सीपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरूले कजलिष्ट निस्केपछि मोबाइल बन्द गर्न उनले मंगलबार निर्देशन दिएका हुन्। देशैभरका अदालतहरूमा कजलिष्ट निस्केपछि न्यायाधीश तथा कर्मचारीहरूका मोबाइलका घण्टी बज्ने गरेको आरोप लागिरहेका बेला पाटन उच्च अदालतका मुख्य न्यायाधीश सुवेदीले कजलिष्ट निस्केपछि आवश्यक कर्मचारीबाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन दिइएको हो।
मुख्य न्यायाधीश सुवेदीले न्यायाधीशहरूलाई पूर्वाधार अभावले इजलास बस्न नसक्ने अवस्था भए पनि पूरा समय अदालतमा बस्न र पुराना मुद्दालाई घटाउन निर्देशन दिए।
यसअघि, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकाभित्र विकृति विसङ्गति हटाउन आवश्यक निर्णय गर्न सबै तहका अदालतलाई परिपत्र गरि सकेका थिए।
Related News
सम्बन्धित समाचार
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१