विष्णुपादुकाले तीजे कार्यक्रम गर्दै

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
Lamjung, Karate Dojo Kheladi Belt Test_Fotor

कार्यक्रम बारे समूहमा छलफल गरिदैँ। तस्विरःश्रीभद्र पौडेल/आदर्श समाज

हेमजास्थित विष्णुपादुका क्लवले हरितालिका तीजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ। क्लवले तीजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तीज गीत प्रतियोगिता गर्ने भएको हो।

शनिवार बसेको क्लव प्रतिनिधि साथै सरोकारवालाको एक भेलाले उक्त निर्णय गरेको हो। क्लवले हरीतालिकाको दिन भदौ १६ गते तीज गीत प्रतियोगिता तथा भदौ १७ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो।

जसअनुसार फुटबल प्रतियोगिता सम्पन्न गर्न रमेश थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। जसको कोषाध्यक्षमा हरीकृष्ण थापा, सचिवमा मनोज कार्की, स्वागत सत्कार उपसमिति संयोजकमा शान्ता केसी तथा सदस्यहरुमा विष्णु थापा र सरस्वती थापा, सुरक्षा उपसमिति संयोजकमा राजेन्द्र थापा छन्।

त्यस्तै, सोही भेलाले स्वयंसेवक परिचालन उपसमिति संयोजकमा अभिषेक कार्की, प्रचारप्रसार उपसमिति संयोजकमा श्रीभद्र पौडेल, सह–संयोजकमा विराज शर्मा तथा प्राथमिक उपचारको सम्पूर्ण जिम्मा हेमजा स्वास्थ्यचौकीलाई दिने निर्णय समेत गरेको छ। त्यस्तै क्लवमा आवद्घ सम्पूर्ण खेलाडीहरु मूल आयोजक समितिको सदस्य रहेको क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए।

भेलाले प्रतियोगिताका विजेतलाई रु.१ लाख २१ हजार १ सय ११, उपविजेतालाई रु. ७१ हजार १ सय ११ पुरस्कार दिने निर्णय समेत गरेको छ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई समूहलाई १० हजार, सर्वोत्कृष्ठ खेलाडी तथा फेयर प्लेयरलाई रु.५ हजार तथा अन्य पाँच विद्यामा आकर्षक पुरस्कार दिइने जनाएको छ।

सोही भेलाले सिर्जना सापकोटाको संयोजकत्वमा तीज गीत प्रतियोगिता गर्ने निर्णय समेत गरेको छ। जसको कोषाध्यक्षमा सोचना केसी, सचिवमा भगवती बजगाई, कार्यक्रम संचालकमा सीता कार्की, स्वागत सत्कारमा सरास्वती थापा र विष्णु थापा, आमा समूह परिचालनमा लक्ष्मी जिसी र उमा त्रिपाठी, सुरक्षामा विष्णु खत्री, स्वयंसेवकमा सावित्री कार्की र तिर्थ थापा, सरसफाईमा शान्ति बास्तोला, प्रचार प्रसारमा पार्वती बास्तोला संयोजक तथा श्रीभद्र पौडेल र विराज शर्मा सदस्य, प्राथमिक उपचारमा शान्ता केसी र धना सापकोटालाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

उक्त भेलाले कालिका थापा, कल्पना तिम्सिना, नारायणी कार्की, गंगा त्रिपाठी, रिता कुँवर, हरि कार्की, अनु केसी, कृष्णदेवी कुँवर र शान्ति पौडेललाई सदस्यको जिम्मेवारी दिएको छ।

तीज प्रतियोगताको विजेतालाई रु.२१ हजार १ सय ११, उपविजेतालाई रु.१५ हजार ५ सय ५५, तेस्रो हुने समूहलाई ७ हजार ७ सय ७७, सान्त्वना पुरस्कार ४ हजार ४ सय ४४ साथमा प्रमाणपत्र पुरस्कार दिइने छ। त्यस्तै उत्कृष्ठ स्वर, भेषभूषा र नृत्यलाई समान २ हजार ५ सय पुरस्कार दिइने क्लवले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width