सरकारी निर्णय विरुद्ध सडकमा व्यवसायी

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
bepari andolan

बुटवल ३ साउन । रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कतिपय बुँदा र ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) तत्काल लागू गर्न नसकिने बताउदै बुटवलमा बिरोध र्याली निकालेका छन ।

रुपन्देहीमा क्रियाशील संघ सस्थाको समन्वयकारी संस्था सञ्जाल रुपन्देहीको आब्हानमा बुटवलमा शुक्रबार ब्यवसायीले बिरोध ¥याली निकालेका हुन ।बर्षा भईरहेको अवस्थामा पनि व्यवसायीहरु छाता ओढेरै र्यालीमा सहभागि भएका थिए । बुटवल उद्योग वाणिज्य संघको सचिवालय वाल मन्दिरबाट सुरु भएको र्याली अमरपथ, अस्पताललाइन मिलनचोक हुदै राजमार्ग चौराहासम्म पुगी पुन टाफिकचोकमा फर्किएर कोण सभामा पवरिणत भएको थियो ।

कोण सभामा बोल्ने व्यवसायिक संस्थाका नेताले अव्यवसायिक नीति खारेज नभएसम्म वा सरकारले निणर्य पुनबिचार नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका थिए । उनीहरुले चरणबद्ध सांकेतिक आन्दोलनको सुनुवाई नभए बन्दका बिरोधी व्यवसायीले आन्दोलनमा उत्रन बाध्य हुने बताएका थिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको सभापतित्व र नेपाल घरेलु तथा साना उद्योग माहासंघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष धु्रवकुमार धितालको सञ्चालनमा भएको कोण सभामा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम,नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश संयोजक नेत्र पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले हचुवाका भरमा सरकबारी निर्णय आएको टिप्पणी गरे ।

यसअघि सञ्जालले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । शनिबार भने व्यवसायीहरुले पसल बन्द गरेर विरोध जनाउने भएका छन् ।उता ट्रक व्यवसायीहरु पनि गाडि ग्यारेजमा धन्काएर सडमा उत्रिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै