वर्षाका कारण बजारक्षेत्र र सरकारी कार्यालय जलमग्न

आदर्श समाज सम्वाददाता
असार २७, २०७६
badi-pahiro-1

लहान, २७ असार । लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ ।

पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने “अहिलेसम्म बाढी पानीले कुनै किसिमको क्षति भएको जानकारी आएको छैन, तर बाढी आउनसक्ने स्थानमा सुरक्षाकर्मीलाई सर्तक अवस्थामा राखेका छौँ ।” बाढीले पु¥याउन सक्ने क्षतिलाई दृष्टिगत गरी विपत्को पूर्वतयारी गरिएको प्रजिअ अधिकारीको कथन छ । खासगरी सिरहामा बलान, कमलालगायतका नदीको बाढीले वर्षेनी क्षति पु¥याउने गरेको छ । सिरहा, सप्तरीलगायत जिल्लामा आज बिहानैदेखि वर्षा जारी रहेकाले बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ ।

जलमग्न जनकपुर

जनकपुरधाम– अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

राष्ट्रिय समाचार समिति कार्यालयमा पानी पस्दा कागजातहरू क्षति पु¥याएको छ भने समाचार सम्प्रेषणमा समेत समस्या उत्पन्न भएको छ । अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।

Related News

सम्बन्धित समाचार

  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…
  • एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच…
  • सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य

    आदर्श समाज सम्वाददाता फागुन ६, २०७९
    पोखरा। सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् । समितिको २९ औं साधारण सभा तथा १४…
  • मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग

    आदर्श समाज सम्वाददाता माघ २८, २०७९
    पोखरा । युनाइटेड क्लबले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । हेमजामा भएको महायज्ञमा क्लब अध्यक्ष राजु…

hero news full width