पोखरा, २४ असार । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रद्वारा कपाल काट्ने तालिम सञ्चालन भइरहेको छ। ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत संचालनमा ल्याइएको तालिम ४५ दिनको रहेको थियो । तालिममा १३ महिला र १० पुरुष रहेका सहभागी थिए । प्रयोगात्मक परीक्षासंगै सेवा दिने क्रममा मंगलबार प्रशिक्षक मोहन पाण्डे र प्रशिक्षार्थी पोखरा—१७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा पुगी ३० जना पुरुष र १० जना महिलाको कपाल काटेका थिए।
वृद्धाश्रमका प्रमुख संरक्षक बसन्तकेशव पराजुलीले हरेक ठाउँमा पुरुषहरुले मात्र कपाल काटेको र व्यवसायिक सीप विकास तालिम लिएर महिलाले कपाल काटेको देख्दा खुसी रहेको बताए। उनले कपाल काट्ने कार्य व्यवसाय संगै सेवामूलक रहेकोले निरन्तरता दिन र आगामी दिनमा यस्ता कार्यको अपेक्षा राखे।
प्रशिक्षक मोहन पाण्डेले राज्यले निरन्तर लगानी गर्छ भने स्वरोजगार संगसंगै परनिर्भरतालाई न्यूनीकरण गर्ने बताए। उनले कपाल काट्ने पेशामा पुरुष भन्दा महिला बढी आकर्षित रहेको र अन्य व्यवसाय भन्दा कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने बताए।
पाण्डेले प्रयोगात्मक सिलसिलामा पोखरा स्थित तालबाराही मा.वि मा १६० ,कालिका मावि रामबजारमा १३२, भद्रकाली माविमा ११८, रेन्बो चिल्डे«न होम्स लेकसाइडमा २८ , अन्नपूर्ण आधारभूत विद्यालय लेकसाइडमा १२ जना विद्यार्थीको निशुल्क कपाल काटेका थिए।
साथै तालिम अझै केही दिन सञ्चालन हुने हुँदा पोखरा आसपासका रहेका विभिन्न संस्थाहरुलाई निशुल्क सेवा लिन अनुरोध गरे।प्रशिक्षार्थीको तर्फबाट कालिका के.सी ले कपाल काट्ने पेशा कम जोखिम र कम लगानीमा गर्न सकिने हुँदा यस सीपलाई निरन्तरता दिइने बताइन्। सरकारको लगानीमा निशुल्क सीप सिकेर आत्मनिर्भर हुने अवसर प्राप्त भएकोमा सबै प्रशिक्षार्थीले खुशी व्यक्त गरे।
सरला त्रिपाठी भण्डारी
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१