बजेटमा लोकप्रिय नारा मात्र

आदर्श समाज सम्वाददाता
असार १८, २०७६
p 17_Fotor

गण्डकी प्रदेश सरकारको बजेट यथार्थ धरातलीय नभै ‘लोकप्रिय नारा’ मा मात्र सीमित रहेको एक कार्यक्रममा वक्ताहरुले टिप्पणी गरेका छन्।

सयपत्री समाज पोखराले मंगलबार आयोजना गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष ०७६। ०७७ को बजेटको समीक्षा विषयक अन्तरक्रियामा उक्त टिप्पणी भएको हो।

कार्यक्रममा प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटका बीचको तालमेल बारे समीक्षा पत्र प्रस्तुत गर्दै प्रा.डा. यादव शर्मा गौडेलले बजेटले सरकारको नीति र कार्यक्रमलाई आंशिक रुपमा मात्र अनुशरण गरेको उल्लेख गरे।

साथै उनले जेठ २५ सम्मको खर्च संशोधित २४ प्रतिशत रहेको तथा ठेक्का सम्झौता र भुक्तानीका आधारमा चालु आ.व.को अन्त्यमा ६७ प्रतिशत खर्च हुने अनुमान व्यवहारमा सम्भव नदेखिएको जनाए।

कार्यक्रममा सहभागीहरुले खुल्ला टिप्पणी गर्दै निजी क्षेत्रको सहभागीतालाई उल्लेख नगरिएको विज्ञ तथा नागरिक समाजसँग छलफल, विचार विमर्श तथा सुझाव नलिई हचुवाको भरमा बजेट ल्याउने गरिएको, हरेक वर्ष एउटा योजना पानि पुरा गर्ने लक्ष्य नलिई बजेटलाई कनिका छर्ने काम भएको, मानवीय विकासमा बेवास्ता गरिएको तथा भौतिक संरचना निर्माणमा मात्र जोड दिइएको उल्लेख गरे।

कार्यक्रममा उप–प्राध्यापक त्रय आनन्द अधिकारी, भिमनाथ बराल, कृष्णप्रसाद तिमिल्सिना, पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्की, पोखरा–२ अध्यक्ष रामेश्वर मल्ल, आर्थिक मामला तथा योजना मन्त्रालय गण्डकी प्रदेश अधिकृत खडानन्द पाण्डे, गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिव गौतम, गैसस कास्कीका अध्यक्ष पदमराज पहारी, पूर्व अध्यक्ष गोपाल खड्का, गैसस गण्डकीका प्रदेश संयोजक बिना सिलवाल, इन्सेक प्रदेश संयोजक शिव खकुरेल, प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, आर्थिक समाजका नवराज बराल लगायतले मन्तव्य राखेका थिए।

समाजका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव अधिवक्ता गिरधारी सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे।

कार्यक्रम सञ्चालन संयोजक विजय अर्यालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width