रुपन्देहीमा १० जनाले ल्याए जिपिए फोर

आदर्श समाज सम्वाददाता
असार १३, २०७६
sabina kalika

बुटवल १३ असार । माध्यमिक शिक्षा परीक्षा एसइई नतिजामा रुपन्देहीवाट १० जना विद्यार्थीले जिपीए फोर ल्याएका छन् ।

जिल्ला शिक्षा इकाइ रुपन्देहीका उपसचिव घनश्याम भुषालका अनुसार बुटवलको एक सामुदायिक विद्यालयबाट एक जना र बाँकी नौ जना संस्थागत विद्यालयवाट नतिजा आएको हो । बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट सविना सुवेदीले जीपीए फोर प्राप्त गरेकी छिन् । उक्त विद्यालयको समग्रमा नतिजा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ । बुटवलको एक विद्यालयबाट भने सात जनाले ग्रेड प्वाइन्ट एभरेज जीपीए फोर प्राप्त गरेका छन् ।

बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट सातजनाले जिपिए फोर प्राप्त गरेका हुन् । विद्यालयका अपील चौधरी, क्षितिज डुम्रे, सोदीक्षा कुंवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए फोर प्राप्त गरेको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए । सो विद्यालयमा जिपीए ३.९५ ल्याउने पाच जना, जिपिए ३.९ ल्याउने नौ जना रहेका छन् ।

त्यस्तै रुपन्देहीको देवदह इङलिस बोर्डिङ स्कूलबाट एकजनाले जिपिए फोर ल्याएका छन् । सो विद्यालयका गौरव खनालले जिपिए फोर ल्याएको विद्यालयले जनाएको छ । त्यस्तै तिलोत्तमा स्थित सिद्धार्थ इङलिस बोर्डिङ स्कूलका निकिता खनालको पनि जिपिए फोर आएको छ । रुपन्देहीवाट १६ हजार २ सय ८३ जनाले परीक्षा दिएका थिए । समग्रमा रुपन्देहीको नतिजा राम्रो आएको भए पनि सामुदायिक विद्यालयको नतिजामा खासै सुधार नआएको भुषालको भनाई रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकर क्याम्पसमा अन्तरक्रिया

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजामा क्याम्पसको स्तरोन्नति, विकास एवं विद्यार्थी भर्नादर वृद्धिलगायत विषयमा अन्तरक्रिया भएको छ । प्रतिनिधिसभा सदस्य…
  • सातौं डायमण्ड रनिङ शिल्ड

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    लेखनाथ । डायमण्ड मावि सातौं डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भयो । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी…
  • गौरीशंकरमा सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८१
    पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मञ्जु सुनारको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । बुधबार विद्यार्थी भेलाले…
  • अभिभावकमुखी शिक्षा प्रभावकारी बनाउन निर्देशन

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।…
  • त्रिविले दियो मौका परीक्षा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालयले करिब २३ वर्षअघिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि…

hero news full width