चोरमारामा बस पल्टदाँ नौ जना घाइते

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
bus accident 1

नवलपरासी, ६ असार । पूर्व पश्चिम लोकमार्गको बुटवल नारायणगढ खण्ड अन्तरगत चोरमाराको उकालो निर बस पल्टदा बसमा सवार ९ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार दाङबाट काठमाडौंको लागि छुटेको ना ६ ख ३५७२ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।चोरमारा बजारदेखि पूर्व पट्टि उकालो कटेपछिको मोडमा बस सडकबाट बाहिर गएको हो ।

घाइतेहरुका मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डामा उपचार भईरहेको छ । घाइते मध्ये दाङका ६५ बर्षीया अमृकादेवी रेग्मी गम्भीर घाइते भएका छन् । त्यसैगरी दुर्घटनामा परी बुटवलका २० बर्षीय अमिर विक, कपिलवस्ुतका १९ बर्षीय बालकृष्ण बुढा मगर, दाङका ७० बर्षीय बामदेव रेग्मी, नवलपरासीको कावासोती ३ निवासी ३० बर्षीया सरस्वती श्रेष्ठ, प्रगतिनगर १० निवासी २५ बर्षीया संगिता श्रेष्ठ, ३ बर्षीय सुमन श्रेष्ठ, बर्दघाट ३ निवासी २८ बर्षीया पवित्रा घले र २८ बर्षीय सुरज थापा घाइते भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै