भाषण सिक्दै संगमका महिला

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
sangam copy_Fotor

पोखरा–१५, रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना महिला शेयर सदस्यलाई उद्घोषण, भाषणकला एवम् नेतृत्व विकास तालिम दिएको छ। सहकारीको शिक्षा उपसमिति र महिला उपसमितिको संयुक्त आयोजनामा ४ दिनसम्म तालिम संचालन गरिएको थियो।

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भाषणकलाले व्यक्तित्व विकासमा सहयोग पुग्ने भएता पनि छोटो तालिममात्र पर्याप्त नहुने बताए।

संस्थाका अध्यक्ष नीरज थापाले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने बताउँदै सदस्यको व्यक्तित्व र नेतृत्व विकास भए संस्था पनि बलियो र राम्रो हुँदै जाने धारणा व्यक्त गरे।

तालिम प्रशिक्षक उपप्राध्यापक युवराज त्रिपाठीले सेवामूलक उद्योगहरु फष्टाउँदै गएकोले बोल्ने कला र व्यक्तित्व विकास गरेकाले प्रत्यक्ष रोजगारीसँग जोडिन सक्ने उल्लेख गरे।

सहकारीका कार्यवाहक प्रमुख रवीन्द्रराज पौडेलले संस्थाको परिचय दिँदै ९ करोड शेयरपुँजी र ४६ करोड वासलात रहेको जानकारी दिए। सहकारी मर्जपछिको २ महिनामा मात्र ६ करोड रुपैयाँले कारोबार वृद्धि भएको समेत उनले बताए।

तिलक थापाको संयोजकत्वमा भएको तालिममा विष्णुकुमारी थापा, शेाभा कुँवर, कल्पना आचार्य, सावित्रा थापा, गीता विश्वकर्मा, विष्णु क्षत्री, मीना कुँवर, मानकुमारी विश्वकर्मालगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width