पोखराको सृजनाचोक स्थित एनसेल कार्यालय अगाडि राखिएको बम डिस्पोज

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७६
ppp

पोखरा, १३ जेठ । पोखरा–८ सृजनाचोक स्थित एनसेल कार्यालयको अगाडि सडक पेटीमा राखिएको बम नेपाली सेनाको प्राविधिक टोलीले सोमबार विहान ८.३० बजे डिस्पोज गरेको छ ।

प्रेसर कुकरमा राखिएको उक्त बम निकै शक्तिशाली रहेको थियो । उक्त बम विप्लव माओवादीका कार्यकर्ताले राखेको हुन सक्ने प्रहरीको भनाई छ । बम आइतबार राति नै राखेको हुन सक्ने अनुमान गरिएको छ, सोमबार विहान स्थानीय र उक्त कार्यालयका देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

त्यसैगरी पोखरा–९ दरवार मार्गको दरबार पार्टी प्यालेस नजिकै अर्को वम राखिएको छ । उक्त वम भएको क्षेत्र सुरक्षाकर्मीको आफ्नो नियन्त्रणमा लिएको छ । उक्त बम नेपाली सेनाको टोलीले निस्क्रिय पार्ने काम गरिरहेको छ ।
त्यस्तै भूपिशेरचन राजमार्ग अन्तरगत कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा सडक छेउमा बम राखिएको छ । उक्तः बम भएको क्षेत्रलाई नेपाल प्रहरीले सुरक्षा घेरामा राखेको छ ।

विप्लव माओवादीले सोमवार नेपाल बन्दको आब्हान गरेकै कारण त्यसलाई सफल बनाउन उनीहरुले पोखराका विभिन्न स्थानमा बम राखेका छन् । अघिल्ला बन्दमा सामान्य वम राखेको भएपनि यसपटक भने उनीहरुले सर्वसाधारण आवत जावत गर्ने स्थानमा नै शक्तिशाली बम राखेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रवीन्द्रमान गुरुङले पोखराका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी वढायएको बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरहरु परिचालित भएका छन् । बमवाट मानवीय तथा भौतिक क्षेति भने हुन पाएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width