बुद्ध जयन्तीमा लेखनाथमा शान्ति र्याली

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
buddha jayanty 2563

लेखनाथ, ४ जेष्ठ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा विश्व शान्तिको कामना गर्दै साविक लेखनाथको विभिन्न ठाउमा शान्ति  र्याली निकालिएको छ।

श्रीकर्म त्रियन धर्मचक्र बौद्ध विहार पोखरा लेखनाथ २९ र आनन्द धर्म चक्र बौद्ध गुम्वा पोखरा–३० मुसेटुडाले हरेक वर्ष जस्तै यस वर्ष पनि सामुहिक रुपमा बुद्ध जयन्ती मनाएको छ ।

विश्व शान्तिको कामना गर्दै बुद्ध नेपालमा जम्मिएका हुन भन्ने शन्देश दिने गरी श्रीकर्म त्रियन धर्मचक्र बौद्ध विहारबाट निकालिएको र्याली आनन्द धर्म चक्र बौद्ध गुम्वा मुसेटुडा पुगि पुजा पाठ सहित सभामा परिणत भएको हो ।

आनन्द धर्म चक्र बौद्ध गुम्वाका सस्थापक अध्यक्ष क्याप्टेन प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा श्रीकर्म त्रियन धर्मचक्र बौद्ध विहार संचालन समितिका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, सुर्यमुखी तमु समाजका अध्यक्ष सुवेदार कमल गुरुङ, स्थानीय समाजसेवी सुवेदार चन्द्रप्रसाद गुरुङ, आनन्द धर्म चक्र बौद्ध गुम्वा प्रमुख गुरु आइतबहादुर लामा,गुरु लामा छिरिङ लगाएतले भगवान बुद्धले दिएका सन्देशलाई सवैले आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै