खोटाङ, ३० वैशाख । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन ।
घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
बसको ठक्करबाट बालकको मृत्यु
म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
माइक्रो दुर्घटनामा १८ घाइते
नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार
कावासोतीमा बस पल्टियो ११ जना घाइते
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९