बाँदर आतङ्कले गाउँ खाली हुँदै

रासस
वैशाख २३, २०७६
1_Rhesus-macaque-portrait

वालिङ, २३ वैशाख । बाँदर आतङ्कले स्याङ्जाको एक गाउँका बासिन्दा प्रत्येक बर्ष विस्थापित हुनेक्रम वढिरहेको छ ।

वादर आतङ्कले स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका छन।

सरकारले जमीन बाँझो नराख्ने नीति तथा कार्यक्रम अगाडि सारे पनि यहाँका बासिन्दा भने बाँदरको आतङ्कले उर्वर जमीन बाँझै राख्न बाध्य छन । सिँचाइको राम्रो सुविधा हुनाका साथै यहाँको माटो उर्वर भएर पनि खेतीपाती गर्नसक्ने अवस्था नरहेको १० नं वडाको सिमलसौराका परसुराम खनालले बताए । । “हाम्रा खेतबारीमा धान, गहुँ, मकैलगायत सबै बाली उत्पादन गर्न सकिन्छ” उनले भने “खर्च गरेर उब्जनी भित्र्याउनै नपाइने भएकाले खेती नलगाएका हौं, खेतबारी बाझै राख्नु हाम्रो चाहना होइन बाध्यता हो ।”

घर आसपासका जमीनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरको रेखदेख गर्न नसकिएकै कारण आफ्नै मात्रै २० रोपनी जग्गा बाँझै राख्नुपर्ने बाध्यता रहेको खनालको भनाइ थियो । वडा नं १०का झण्डै पाँच सय रोपनी जग्गा बाँदरकै कारण बाँझै रहेको स्थानीयबासीले बताए ।बाँदरको आतङ्कले वडावासीलाई खेती गर्न समस्या भएको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले बताए ।“वडाले बाँदर नियन्त्रणका लागि केही विकल्प अगाडि सारे पनि त्यो प्रभावकारी हुनसकेन” वडाध्यक्ष पङ्गेनीले भने “यो समस्या समाधान वडा र नगरपालिकाले मात्रै गर्न नसक्ने केन्द्रबाट नै विशेष पहल हुनुपर्छ ।”

वडा नं १० खेतीपातीका दृष्टिले जग्गा उपयुक्त भएर पनि जमीन बाँझै राख्नुपर्ने बाध्यता रहेको उनले भने “अन्य सम्भावना हुँदाहुँदै पनि बाँदरको समस्याका कारण वडावासी गाउँमा बस्न नसक्ने अवस्था भयोे” वडाध्यक्ष पगेनीले भने ,“वडावासी बसाइँसराइको सिफारिस लिन वडामा आउँछन यो बढ्दो क्रममा छ चाहेर नि रोक्न सकिएको छैन बाध्यताले सिफारिस दिनुपर्ने अवस्था छ ।”

बाँदर एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पु¥याउँदा पनि समस्याको दीर्घकालीन समाधान नभएकाले सङ्घ र प्रदेशले नीति बनाएर नियन्त्रण नगर्दासम्म यो समस्या समाधान नहुने धारणा उनको थियो ।

Related News

सम्बन्धित समाचार

  • मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता असाेज २३, २०८१
    पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे…
  • संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताबारे सत्तासीन दलको नेतृत्व प्रस्ट हुनुपर्ने बताएका छन् । मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवन…
  • सार्वजनिक बसमा प्रहरीको निगरानी

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    नवलपुर । यात्रुको सुरक्षा मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका…
  • गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने

    प्रकाश ढकाल असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय सवारी, कास्कीबाट गएको आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी…
  • ४० ज्येष्ठ नागरिकलाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    स्याङ्जा । ‘सम्मानित बुढ्यौली विश्वव्यापीरुपमा स्याहार तथा सहयोग पद्दतिको सवलीकरण’ मूलनाराका साथ मंगलबार ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको…

hero news full width

Recent Posts

भर्खरै