नयाँ शक्ति र संघीय फोरम एकता हुन सक्ने

एजेन्सी
वैशाख २०, २०७६
Baburam-Bhattarai-and-Upendra-Yadav

काठमाण्डौ, २० वैशाख । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालवीच एकता हुने भएको छ ।

ती दुई पार्टीले यही वैशाख २३ गते एकता गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीका पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने बताइएको छ ।

प्रदेश तथा जिल्ला स्तरमा पार्टी एकताको प्रस्ताव फोरमले नयाँ शक्तिलाई दिएको थियो, त्यसमा नयाँ शक्तिले संशोधन गरेर फर्काएको छ । पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए । ‘हाम्रो स्तरमा छलफल टुंगिएको छ, भोलि शीर्ष नेताहरु बसेपछि एकता प्रक्रियाबारे टुंगो लाग्छ’ नयाँ शक्तिका एक नेताले भने ।

१६ सदस्यीय भएको फोरम संघीय सरकारमा छ भने एक सिट भएको नयाँ शक्ति प्रतिपक्षमा छ । एकताबारे भइरहेको छलफलमा नयाँ शक्तिले संघीय पार्टी सरकार छाडेर प्रतिपक्षमा बस्नुपर्ने शर्त राखेको छ ।

फोरमका नेताहरुले भने पार्टी एकता गरेपछि सरकारबारे निर्णय लिने बताएका छन् । उसो त केही दिनअघि संसदको बजेट अधिवेशनको पहिलो दिन फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन नभए सरकार छाड्ने बताएका थिए ।

तर, नयाँ शक्तिका नेताहरु एकतापछि सरकार छाड्ने प्रस्तावमा सहमत देखिएका छैनन एक नेता भन्छन ‘हतारमा पार्टी एकता गरेर भोलि विवाद गर्नुभन्दा सबै विषय टुंग्याएर जान चाहन्छौं ।’

Related News

सम्बन्धित समाचार

  • सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा…
  • बाढीपहिरामा परी २२८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    काठमाडौं । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । अन्य एक…
  • दाउन्ने सडक डेढ फिट भासियो

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा, १४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शत्प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव…

hero news full width