सरकारका ९ सचिवको सरुवा

एजेन्सी
वैशाख ६, २०७६
samanya-prasashan-mantralaya

पोखरा, ६ बैशाख । नेपाल सरकारले विभिन्न मन्त्रालय र प्रदेश मन्त्रालयका ९ सचिवहरुको सरुवा र पदास्थापन गरेको छ।

सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकले ८ सचिवको सरुवा तथा पदास्थापन गरेको जानकारी गराएका हुन्।

राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ भने सहसचिव हरिप्रसाद बस्याललाई विशिष्ट श्रेणीमा बढुवा गरी प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरिएको छ।

त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरिएको छ।

भर्खरै सचिवमा बढुवा भएका केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,सुरेश अधिकारीलाई प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कायम मुकायम प्रमुख सचिवमा पदस्थापन गरिएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जानकारी गराए।

अतिरिक्त समूहमा रहेका सचिव डा। हरि पौडेल र राष्ट्रिय महिला आयोगका सचिवमा पदास्थापन गरिएको छ। त्यस्तै बैशाख २ कै मन्त्रिपरिषदको बैठकले संघमा समायोजन भएका कर्मचारीबाट कामकाज गर्ने गरी पशु क्वारेन्टाइन कार्यालय, काठमाडौं अन्तर्गत रसुवा जिल्लाको रसुवागढी तथा काठमाडौं जिल्लाको नागढुङ्गामा अस्थायी पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको छ।

त्यस्तै ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ लाई स्वीकृत, सगरमाथा सम्वाद सञ्चालन गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै