गलेश्वर, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा शनिवारदेखि शुरु प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव–२०७५ शुरु भएको छ । रेडियोको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महोत्सवमा जिल्लाका विभिन्न जातजाति, भाषावासी सहितको ¥यालीले बजार परिक्रम गरेको छ ।
महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्न १३ उपसमिति गठन गरिएको रेडियो सञ्चालक समितिका सचिव ठाकुरप्रसाद शर्माले जानकारी दिए । रेडियोको वार्षिकोत्सवका अवसरमा ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, म्याग्दी डान्स आइडलका रुपमा एकल नृत्य लगायतका प्रतियोगितासमेत समावेश गरिएको छ । खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनलाई क्रमश ः नगद रु ५० हजार, रु २५ हजार र रु १० हजार पुरस्कार प्रदान गरिनेछ । नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० व्यापारिक कक्ष रहेका छन् । स्थानीय उत्पादनका वस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनका लागि आयोजकले १० कक्ष निःशुल्क उपलब्ध गराउने रेडियोका स्टेशन संयोजक एवं महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९